यूनियन लाइफ इन्स्योरेन्सले प्रदेश नं. ३ को प्रादेशिक कार्यालय बबरमहलमा सञ्चालनमा ल्याएको छ।
कार्यालयको उद्घाटन यूनियन लाइफ इन्स्योरेन्सको प्रदेश नं ३ अन्तर्गतको प्रादेशिक कार्यालयको नियमनकारी निकाय बीमा समितिका अध्यक्ष चिरन्जीबी चापागाई, कम्पनी संचालक समितिका अध्यक्ष शुलभ अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्णले गरे।
सो कार्यालयबाट प्रदेश नं. ३ अन्तर्गतका शाखा तथा उपशाखा कार्यालयहरुको समन्वय एवं ब्यवस्थापनको काम गरिने कम्पनीको भनाइ छ।
कम्पनीको प्रादेशिक कार्यालय उद्घाटन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले कम्पनीले हरेक त्रैमासिकमा इतिहास रच्दै आएको
बताए।