मेगा बैंक नेपालले किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको छ ।
बैंकिङ कारोबारलाई ‘क्यासलेस’ बनाउने उद्देश्यका साथ मेगा बैंकले क्यूआर कोड प्रवर्धन गर्न किराना व्यवसायीहरुका लागि आकर्षक अफर ल्याएको जनाएको छ।
यस योजना अन्तर्गत किराना पसलले आफ्ना ग्राहकलाई सामान बिक्री गर्दा ग्राहकको ‘फोन पे’ सञ्जाल भित्र रहेको कुनैपनि बैंकका मोबाइल बैंकिङमार्फत मेगा बैंकको क्यूआर कोडलाई स्क्यान गरि भुक्तानी लिनुपर्नेछ।
किराना पसलले प्रति महिना ग्राहकबाट कम्तिमा एक सय कारोबारको भुक्तानी मेगा बैंकको क्यूआर कोडमार्फत गरेमा त्यसबापत पाँच हजार रुपैँया पाउने बैंकको भनाइ छ।
यसैगरी, महिनामा एक सय भन्दा बढी क्यूआर कोडमार्फत भुक्तानी लिएमा प्रत्येक कारोबार बराबर किराना पसललाई ५० रुपैँया प्रदान गरिने बैंकले जनाएको छ ।
नगदबाट हुने भुक्तानीलाई निरुत्साहित गर्दै ‘क्यासलेस’ बैंकिङलाई प्रवर्धन गर्ने नेपाल सरकारको नीतिलाई साथ दिँदै मेगा बैंकले यो योजना ल्याएको हो।
यो योजना तत्कालका लागि असार १ गतेदेखि सुरु भई भदौ अन्तिमसम्म लागू हुनेछ।
योजनामा सहभागी हुन चाहने किराना पसललाई मेगा बैंकको नजिकको शाखा कार्यालय वा टोल फ्री नम्बर १६६००१०००२५ वा ९८५१२०७७१५ मा सम्पर्क गर्न मेगा बैंकको सकिने छ।