ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी र इसेवाबीच अनलाइन भुक्तानी सम्बन्धि सम्झौता भएको छ।
इन्स्योरेन्स् कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री बनाउन अनलाइन भुक्तानी सम्झौता भएको कम्पनीको भनाइ छ।
सम्झौतासँगै ज्योतिलाईफबाट जारी गरिएका सबै बीमा लेखहरुको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै
पनि जोन पोइन्ट तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट गर्न सक्नेछन्।
सम्झौतासंगै हाल परिक्षणको कार्य भैरहेकोले सफल परिक्षणपछि सेवाग्राहीले यो सेवा उपयोग गर्न सक्नेछन्।
मुलुकभर इसेवाका ५० हजार बढी जोन पोइन्ट रहेका छन्।
सम्झौतापत्रमा ज्योतीलाईफ इन्स्योरेन्सका कार्यकारी उप–प्रमुख प्रकाशविक्रम खत्री तथा इसेवाफोन पेका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले हस्ताक्षर गरे।
इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका २५०० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ।
इसेवामाहाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन्। यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ।