शेयर बजारको परिसूचक नेप्से आज २.३२ अंकले घटेको छ।
सो अंक घटेसंगै नेप्से १२५८ अंकमा कायम भएको छ। ‘क’ वर्गका कम्पनीको कारोबार गर्ने सेन्सेटिभ परिसूचक भने बढेको छ। सेन्सेटिभ भरिसूचक ०.०३ अंकले बढेर २७० अंकमा कायम भएको छ।
आज जम्मा १७७ कम्पनीको १२ लाख २६ हजार ६ सय ८६ कित्ता शेयर ३५ करोड ९४ लाख ११ हजार ५ सय ३ रुपैयाँमा कारोबार भएको हो।
जम्मा ११ उपसमूहको कारोबार भएकोमा ३ उपसमूह बढेका छन् भने ८ उपसमूह घटेका छन्।
बैंकि« ०.४४, बिकास बैंक १.४६, माइक्रो फाइनान्स ४.८५ अंकले बढेका छन् भने होटेल्स १३.८६,हाइड्रोपावर १.४, फाइनान्स २.१३, निर्जिवन बीमा २८.३५, उत्पादन २१.६, अन्य ५.४४, जीवन बीमा ५०.४१, सामूहिक कोष ०.०७ अंकले घटेका छन्।
आज सबैभन्दा बढी कारोबार तारागोन रेजेन्सी होटल्सको भएको छ। आज सबैभन्दा बढी नाफा कमाउनेमा गुराँस लघुबित्तका लगानीकर्ता रहे भने सबैभन्दा बढी गुमाउनेमा समता माइक्रो फाइनान्सका लगानीकर्ता रहे।