लुम्बिनी विकास बैंक र ग्राण्डी ईन्टरनेशनल अस्पतालबीच उपचार सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहक र कर्मचारीले ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउनेछन्।
सम्झौतामा लुम्बिनी विकास बैंकका मुख्य प्रबन्धक दिपक खनाल र अस्पतालका बजार ब्यवस्थापन विभागका प्रमुख दिनेश पौडेलले हस्ताक्षर गरे।
यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुनेछन्। ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ बैंकले देशभर ६५ शाखाबाट सेवा दिइरहेको छ।