सिद्धार्थ बैंक र जनरल इन्स्योरेन्स कमपनीबीच बैंकास्योरेन्स सेवा सम्बन्धि सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका सहायक महाप्रबंधक अर्जुनभद्र खनाल र इन्स्योरेन्सका महाप्रबंधक एसके तमोटले हस्ताक्षर गरे।
त्यस्तै सिद्धार्थ बैंकका सहायक महाप्रबंधक अर्जुनभद्र खनालले आगामी दिनहरुमा, जनरल इन्स्योरेन्स कमपनीमा बीमा गर्ने ग्राहकलाई आवश्यक निर्जीवन बीमा सम्बन्धी सेवा तथा सुविधा बैंकका सम्पूर्ण शाखाबाट उपलब्ध गराइने बताए।
बैंकले देशभर १५६ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६९ एटिएम १३ सय बढी पिओएस मेसिन छन्।