‘मेगा रेमीट’ सेवालाई बिभिन्न देशमा विस्तार गर्ने क्रममा मेगा बैंक नेपालले इजरायलबाट पनि रेमीट्यान्स सेवा सुरु गरेको छ ।
इजरायलको ग्लोबल मनी ट्रान्सफर (जीएमटी)सँगको साझेदारीमा मेगा बैंकले इजरायलमा मेगा रेमीटको सेवा विस्तार गरेको हो।
जीएमटीसँगको साझेदारीपछि इजरायलमा रहेका नेपालीहरुलाई नेपालमा रकम पठाउन सहज, सुलभ र प्रभावकारी हुने मेगा बैंकको भनाइ छ।
बैंकका अनुसार जीएमटीका २ सय ४० वटा शाखाबाट नेपालमा मेगा रेमीटमा रकम पठाउन सक्नेछन् । नेपालीहरुले इजरायलबाट पठाएको रकम मेगा बैंक र मेगा बैंकका देशभरका २५ सय भन्दा बढी एजेण्टमार्फत तुरुन्तै भुक्तानी लिन सकिनेछ ।
मेगा बैंकले ‘मेगा रेमीट’ सेवालाई संसारका बिभिन्न देशहरुमा जोड्ने क्रमलाई तीव्रता दिएको छ। अन्य देशहरुमा पनि यसैगरी रेमीट सेवा विस्तार गर्ने योजना रहेको बैंकको भनाइ छ।