महालक्ष्मी विकास बैंकले नवलपुरको कावासोतिमा नगरपालिकावडा नं ८, मा नयाँ शाखा खोलेको छ।
उक्त शाखाको उद्घाटन कावासोती नगरपालिकाका नगर प्रमुख चन्द्रकुमारी पुनले गरे। कार्यक्रमकै क्रममा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत बैंकिङ कारोबार गर्दैआएको छ।