नेपाल क्रेडिट एण्ड कमर्स बैंक र भाटभटेनी मनी ट्रान्सफरबीच विप्रेषण कारोवार सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार स्वदेश तथा विदेशबाट भाटभटेनी मनी ट्रान्सफर मार्फंत पठाएको पैसा एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरmले आफूलाई पायक पर्ने शाखाबाट भुक्तानी लिन सक्ने छन् ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र मनी ट्रान्सफरका प्रबन्धक निर्देशक राजनकुमार अमात्यले संयुक्त रुपमा हस्ताक्षर गरे।
एनसिसी बैंकले आफ्ना १२० वटा शाखाहरुबाट बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकको देशभर ८१ वटा एटीएमहरु सञ्चालनमा छन्।