गोरखाको हरमटारीमा केन्द्रिय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्थाले तनहुँ डुम्रेको आर्थिक समृद्घि लघुवित्तलाई एक्वायर गर्ने भएको छ।
एक्वीजिसनसम्वन्धी साधनाको बिशेष प्रस्ताब पारित भएको छ। बिशेष साधारण सभाले आर्थिक समृद्घिलाई १००ः ८० सेयर स्वाप अनुपातमा एक्वीजिसन गर्ने भएको हो।
उक्त साधारण सभाले एक्विजिसनपश्चात एक कित्ता बरावर एक कित्ता नै अर्थात शत प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ। हकप्रदपश्चात संस्थाको चुक्ता पुँजी १४ करोड सत्तरी लाख पुग्ने छ।
साधारण सभामा वित्तीय संस्थाका अध्यक्ष कुष्ण बहादुर थापाले एक्विजिसनपछि राष्ट्रियस्तरको वित्तीय संस्था बन्ने जानकारी दिए।