कुमारी बैंक र पुल्चोक स्थित निदान हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।
आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय पचारमा सहुलियत दिने उद्देश्यले सम्झौता गरेको बैंकको भनाइ छ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बिपेन्द्र प्रधानको सम्झौता–पत्रमा हस्ताक्षर गरे।
सम्झौता अनुसार हस्पिटलका विभिन्न स्वास्थपचार सेवा शुल्कमा ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
हालसम्म बैंकले आफ्ना देशव्यापी ८९ शाखा, ८३ एटिएम तथा ३ एक्सटेनसन काउन्टरबाट बैंकिङ कारोबार गर्दै आएको छ।