सिभिल बैंकले झापाको अर्जूनधारामा शाखा संचालनमा ल्याएको छ।
सो शाखाको उद्घाटन अर्जूनधारा नगरपालिकाका मेयर हरिकुमार राना मगरले गरे। उद्घाटन कार्यक्रममा बोल्दै राना मगरले बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुननसक्ने कुरा बताए।
उनले बैंकको शाखा बिस्तार हुँदा वित्तीय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने भनाइ राखे।
सिभिल बैंकको अर्जूनधारा शाखासहित शाखा संख्या ७४ पुगेकोे छ ।