ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप ६ वटा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ।
बैंकले रोल्पाको सुनिल स्मृति गाउँपालिका – ७, तेबाङ्ग, कैलालीको बर्दगोरीया गाउँपालिका – ४, मुढा बजार, ँ,बाग्लुङ्गको बाग्लुङ्ग नगरपालिका– १४, हटिया, सिराहाको अर्नामा गाउँपालिका – ३, रामजानकी बजारमा १३,पाल्पाको पूर्वखोला गाउँपालिका – ४, देवीनगरमा र बाग्लुङ्गको काठेखोला गाउँपालिका – ७, रेश नुन्थलामा शाखारहित बैंकिङ्ग सेवाको शुरुवातगरेको छ।
बैंकले अत्तरीया शाखामा एटिएम पनि सञ्चालनमा ल्याएको छ । शाखारहित बैंकिङ्ग सेवाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मागर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, डिस होम, सिडिएमए, युटिएल, एनटिसीकोे महसुल भुक्तानी गर्ने, मोबाइल रिचाज गर्ने लगायतका सेवा लिन सक्नेछन्।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रकाबासिन्दाले बैंकिङ्ग सेवा उपभोग गर्नकालागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउन बैंकले सेवा शुरु गरेको बताएको छ।
बैंकले देसभरि १३७ शाखा, २६ एक्सटेन्सन काउण्टर एवम् राजश्व संकलन काउण्टर, १४५ एटिएम तथा १३८ शाखा रहित बैंकिङ्ग सेवा र नेपालबाहिर ३ प्रतिनिधि,सम्पर्क कार्यालयबाट बैंकिङ कारोबार गर्दै आएको छ।