सिभिल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा ४९ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
बैंकले गत आर्थिक वर्षको तुलनामा ४७ प्रतिशत बढी नाफा आर्जन गरेका हो। गत आर्थिक वर्षको यही अवधिमा बैंकको नाफा ३३ करोड ५५ लाख रुपैयाँ रहेको थियो। बैंकको बितरणयोग्य नाफा २२ करोड ३० लाख रुपैयाँ पुगेको छ।
बैंकले ९ महिनाको अवधीमा ७६ करोड ५७ लाख संचालन नाफा कमाएको छ। ३९ अर्व ९२ करोड निक्षेप संकलन गरेको छ। कर्जा ४१ अर्व ४१ करोड परिचालन गरेको बैंकले १ अर्व ५७ करोड खुद ब्याज आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ७० प्रतिशत बढी हो।
८ अर्व बढी चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १ अर्व ६३ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४ पैसा रहेको छ भने प्रतिशेयर सम्पत्ति मूल्य १२५.०१ पैसा र मूल्य आम्दानी अनुपात १९ रुपैयाँ ४४ पैसा रहेको छ।