प्रभु बैंकले कालिमाटी फलफूल तथा तरकारी बजारमा एक्स्टेन्सन काउण्टर खोलेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास बोर्डका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले एक्स्टेन्सन काउण्टरको उद्घाटन गरे।
बैंकले कृषि क्षेत्रको विकास तथा बजारीकरणमा प्रत्यक्ष टेवा पुर्याउन बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले एक्स्टेन्सन काउण्टर खोलेको जानकारी गराएको छ।