सिद्धार्थ बैंकले बारा र पर्साका हावाहुरी पीडित जनताका लागि विभिन्न सामाग्रीहरु प्रदान गरेको छ।
बैंकले बाराको स्वर्न गाउँपालिका वडा नंं ४ स्थित हर्दिया क्षेत्रका प्रभावित वासिन्दाहरुलाई बैंकले बेडसिट, म्याट्रेस तथा सोलारद्वारा चार्ज गर्न मिल्ने टर्चलाइट जस्ता आवश्यक सामाग्रीहरु वितरण गरको जानकारी दिएको छ।
उक्त सामान जिल्ला समन्वय समितिका अध्यक्ष नवलकिशोर प्रसाद सिंह तथा बैंकका प्रदेश नं २ का प्रमुख प्रविन ढुङ्गेलले संयुक्त रुपमा वितरण गरे।
बैंकका देसभरि १४९ शाखा ९४ एक्स्टेन्सन् काउन्टर सहित०, १०० शाखारहित बैंकिङ्ग सेवा, १६१ एटिएम र १३ हजार बढी पीओएस मेसिन छन्।