सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीहरलाई हाल कायम रहेको चुक्ता पुँजीको २ प्रतिशत बराबरको बोनस शेयर र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।
बैंकको आठौं वार्षिक साधारण सभाले यस्तो निर्णय गरेको हो।बोनस शेयर जारी भएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५५ लाख रुपैयाँ पुगेको छ।
साधारण सभा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो।यस सभाबाट सर्वसाधारण शेयरधनीका तर्फबाट राजेशकुमार श्रेष्ठ, सुनिलकुमार न्यौपाने र अभिषेक बज्राचार्य तीन जना सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको बैंकको भनाइ छ।
बैंकले उपत्यकामा १३ शाखा र ६ एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १३ वटा शाखारहित बैंकिङ्क इकाइबाट बैंकिङ कारोबार गर्दैआएको छ।