एनआईसी एशिया बैंकले काठमाडौं भित्र र बाराको फेटामा समेत गरी ५ नयाँ शाखा खोलेको छ।
मध्यपुर पुरानो ठिमी शाखाको उद्घाटन सोही वडाका वडा अध्यक्ष ईन्द्रबहादुर प्रजापति, गोठाटार शाखाको कृष्णहरि थापा, सूर्यविनायक बालकोट शाखाको सोही वडाका वडा अध्यक्ष कमलनाथ आचार्य, सतुंगलचोक शाखाको चन्द्रांगिरी नगरपालिकाका प्रमुख घनश्याम गिरी र बाराको फेटा शाखाको फेटा गाउँपालिका अध्यक्ष् अमिरीलाल प्रसादले गरे।
बैंकका देसभरि २८१ शाखा, २८९ एटिएम, ४० एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई छन्।