ज्योति लाईफ इन्स्योरेन्स र बैंक अफ काठमाण्डूबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकको कुनै कारणले हुने मृत्यु तथा १५ वटा घातक रोगहरु मध्ये कुनै रोग लागेको प्रमाणित भएमा उपचार खर्च वापत बीमाङ्क वापतको रकम भुक्तानी गरिनेछ।
सम्झौताबाट बैंकका उल्लेखित बचत योजनाका ग्राहकले बैंकिङ्ग सेवाका अतिरिक्त इन्स्योरेन्स कम्पनीको बीमा सेवा निशुल्क प्राप्त गर्ने बैंकको भनाइ छ।