सिटिजन्स बैंक इन्टरनेश्नलले आफ्नो तेह्रौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ।
वार्षिकोत्सवको अवसरमा बैंकले बिभिन्न समाजसेवी संस्थाहरुलाई आर्थिक सहयोग उपलब्ध गराएको छ। सो अवसरमा गरीब बालबालिकालाई शिक्षा प्रदान गर्न ‘स्नो याक फाउन्डेसन’लाई १ लाख रुपैयाँ, एड्स संक्रमित बालबालिकाहरुलाई सेवा गरिरहेको ‘बेबीलाइफ होम’ किर्तिपुरलाई २ लाख रुपैयाँ र ‘चितवन मानव सेवा आश्रम’लाई ३ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको बैंकले जनाएको छ।
सोही अवसरमा बैंकले विभिन्न शाखामा रक्तदान कार्यक्रम संचालन गर्यो।साथै, बैंकिङ सम्बन्धि जनचेतना जागरण गर्ने उद्देश्यले प्रभातफेरी कार्यक्रम आयोजना गरिएको थियो।
बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा अविरल १० वर्ष सेवा प्रवाह गर्ने ं कर्मचारीलाई ‘दीर्घ सेवा सम्मान पदक’ प्रदान गरेको बैंकको भनाइ छ।
बैंकले उपत्यका भित्र केन्द्रीय कार्यालय नारायणहिटी पथ अतिरिक्त भक्तपुर, भैसेपाटी, कुपण्डोल र उपत्यका बाहिरका बिराटनगर, दमक, धरान, जनकपुर, बिरगंज, बनेपा, हेटौडा, नारायणघाट, पोखराको सिमलचौर, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, महेन्द्रनगर, विर्तामोड गरी कूल उन्नाइस स्थानबाट रक्तदान कार्यक्रम गरेको जनाएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सहित अन्य कर्मचारी तथा सेवाग्राहीहरुले रक्तदान गरेका हुन।बैंकका देसभरि ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाइ छन।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रयमास सम्ममा ६८ अर्व ६८ करोड रुपैयाँ निक्षेप संकलन गरि ६३ अर्व ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।
सोही अवधि भित्र १ अर्व ४९ करोड १४ लाख रुपैयाँ संचालन मुनाफा र १ अर्व ६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोे छ। जुन गत वर्ष सोही अवधिको तुलनामा क्रमश ः ४.०२ प्रतिशत र ५ं.९१ प्रतिशतले वृद्धि भएको हो।