सिटिजन्स बैंक इन्टरनेसनलले सैंबु आवास क्षेत्र उपभोक्ता समितिलाई आवास क्षेत्रमा बस बिसौनी निर्माण गर्न आर्थिक सहयोग प्रदान गरेको छ।
आज आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र समितिका अध्यक्ष विवेक कार्कीले बिसौनीको उद्घाटन गरे।
समितिका अध्यक्ष कार्कीले बैंकको आर्थिक सहयोगमा निर्माण भएको यस बस बिसौनीबाट उक्त क्षेत्रका स्थानीयबासी लाभान्वित हुने दाबी गरे।
बैंकले देसभरिका ८१ शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट बैंकिङ कारोबार गर्दै आएको छ।