नेपाल सरकार तथा राष्ट्र बैंकको नियम अन्तर्गत सबै नेपालीको बैंक खाता खोल्ने अभियान बमोजिम सिद्धार्थ बैंके सिद्धार्थ सजिलो बचत खाता सञ्चालनमा ल्याएको छ।
योजना वैशाख १ गते देखि लागू बैसकेको बैंकले जनाएको छ। बैंकका अनुसार यो योजना बैंक खाता नहुने नेपालीलाई लक्षित गरी सुरू गरेको हो जस अन्तर्गत खाता खोल्दा एक सय रुपैयाँ बंैकले नै जम्मा गरिदिने छ।
साथै यो खातामा ६ प्रतिशत वार्षिक ब्याजदर, शून्य मौज्दातमा खाता खोल्न सकिने , निस्शुल्क चेकबुक सुविधा , निस्शुल्क एबिबिएस ससुविधा लगायतका सुविधा रहेका छन्।
बैंकका देसभरि १४९ शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १३ सय बढी पीओएस मेसिन छन्।