कुमारी बैंक र ब्लुक्रस हस्पिटलबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार हस्पिटलका विभिन्न उपचार सेवा शुल्कमा ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।
सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरी र हस्पिटलका कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव रजतकृष्ण श्रेष्ठले हस्ताक्षर गरे।
बैंकका ग्राहकले डेबिट÷क्रेडिट कार्डको प्रयोग गरी भारतको नयाँ दिल्लीस्थित मेदान्त हस्पिटल सहित नेपालका विभिन्न स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
हाल बैंकले देसभरि ८८ शाखा, ८३ एटिएम तथा २ एक्सटेनसन काउन्टरबाट बैंकिङ कारोबार गर्दैआएको छ।