लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी)ले भर्खरै बजारमा ल्याएको धन वृष्टि योजनाको विक्रीमा ऐतिहासिक रेकर्ड कायम गरेको जनाएको छ।
कम्पनीले योजना विक्री शुरु गरेको पहिलो दिनमा ५ हजार १ सय २२ वटा धन वृष्टि बीमालेखहरु विक्री गरी ८.५ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीको भनाइ छ।
कम्पनीका अनुसार पहिलो दिन देशभरिका शाखा कार्यालयबाट ५ हजार पोलिसी विक्री गर्ने लक्ष्य राखेको कम्पनीले देश भरिका ७ सय ४६ अभिकर्ताले धन वृष्टि बीमालेख पहिलो दिनमा विक्री गरेका हुन।
यस बीमा योजनालाई बीमा समिति अध्यक्ष चिरंजीवी चापागााँईले चैत्र २९ गते सार्वजनिक अनावरण गरेका थिए।कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलपीदासले आउने दिनहरुमा नयाँ बीमालेख योजना चाँडै ल्याउने बताए। कम्पनीले ल्याएको यो योजना निकै लोकपृय भएको कम्पनीको दाबी छ।
यो धन वृष्टि योजना एक धन फिर्ता योजना हो । यसमा १३ देखि ६० बर्षसम्म उमेरका व्यक्तिहरुले बीमा लिन सक्नेछन्।न्यूनतम बीमाङ्क रकम १ लाख रुपैयाँ कायम गरिएको छ । यो योजना १० र १५ वर्ष अवधिको लागि उपलब्ध छन् ।
१० वर्षे योजनामा ३ र ६ वर्षमा बीमाड्ढको ३३,३३ प्रतिशत र १० वर्षमा बीमाङ्को ३४ प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ । त्यस्तै १५ वर्षे योजनामा ३,६,९,१२ वर्षमा बीमाङ्कको १५,१५ प्रतिशतका दरले रकम फिर्ता हुने र १५ वर्षमा ४० प्रतिशतका साथमा बोनस रकम एकमुष्ट प्राप्त हुन्छ।
यो योजनामा अधिकतम् ७५ लाखसम्मको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत उपलब्ध छन् । साथै दुई वर्षको बीमा शुल्क भुक्तानीपश्चात् बिमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्छन।