प्रभु बैंकले ब्याज अनुदान सहित सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ।
नेपाल सरकारको नीति अनुसार राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाको लागि उपलब्ध गराएको अनुदान कार्यंक्रम अन्तर्गतका कर्जा सेवालाई ब्यापक रुप दिन कर्जा सेवा सुरु गरेको बैंकले बताएको छ।
जसअन्र्तगत बैंकले ३ लाख रुपैयाँ देखि ५ करोड रुपैयाँ सम्मका ७ बिभिन्न योजना सार्वजनिक गरेको छ। यसमा बैंकले ब्यवसायिक कृषि तथा पशुपन्छीको विकासको लागि ५ करोड सम्मको ब्यवसायीक श्रमिक कर्जा दिने छ। यसको अधिकतम कर्जा अवधी ५ वर्षको हुने छ।
अर्को ५ वर्षको उज्वल कर्जा छ, जुन शिक्षित युवा स्वरोजगारका लागि प्रदान गरिने छ। यो कर्जा ७ लाख रुपैयाँ सम्म पाउन सकिने छ। त्यस्तै बिदेशबाट फर्केकाहरुका लागि हातेमालो कर्जा १० लाख रुपैयाँ रहेको छ। यो कर्जाको अवधी ५ वर्षको हुनेछ।
महिला उद्यमीका लागि ५ वर्षको उजेली कर्जा छ। यसको लागि १५ लाख रुपैयाँ दिइने बैंकको भनाइ छ।
दलित समुदाय ब्यवसाय बिकासका लागि उपलब्त्र गराइने ५ वर्षको कर्मवीर कर्जा रकम १० लाख रुपैयाँ रहेको छ। ५ वर्ष अवधीको उच्च र प्राविधिक तथा ब्यवसायीक शिक्षाका लागि प्रदान गरिने ज्ञान कर्जामा ५ लाख रुपैयाँ प्रदान गरिने छ।
भुकम्प पीडितको निजी आवास निमार्णको लागि साहसी कर्जामा ३ लाख रुपैयाँ रहेका छन्। जुन ५ वर्षका लागि उपलब्ध गराइने बैंकले जानकारी दिएको छ।
सरकारका बिभिन्न लक्ष्यलाई सघाउ पुर्याउन यो योजना ल्याएको रे. सम्पूर्ण लक्षिलवर्गले यसको फाइदा लिनसक्ने बैंकको भनाइ छ। कर्जाका लागि बैंकले जारी गरेका निश्चित सर्तहरु लागू हुने छन्। कर्जा सम्बन्धी बिस्तृत जानकारीका लागि बैंकको कुनै पनि शाखामा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ।