सानिमा बैंक र म्याक्स हेल्थकेयर ईन्स्टिच्यूटबीच स्वास्थ्य उपचार सम्बन्धि सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले म्याक्स हेल्थकेयर ईन्स्टिच्युटमा साझेदार रहेका उत्तर भारतका विभिन्न अस्पतालमा सहज भुक्तानी गर्न सकिने छ।
साथै सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ५ प्रतिशत सम्म छुट पाउँन सक्नसकिने छ। सम्झौतापत्रमा बैंकका प्रमुख डिजिटल बैंकिङ, बिक्रम श्रेष्ठ र ईन्स्टिच्यूटका सेल्स तथा मार्केटिङ्गका उप–प्रबन्धक, सुरज जोसेफले हस्ताक्षर गरे।
म्याक्स हेल्थकेयर ईन्स्टिच्युट, भारतको दिल्लीमा स्वास्थ्य उपचार सम्बन्धि सेवा दिने संस्था हो।हाल, यस संस्थाको १४ वटा साझेदार अस्पतालहरु छन्।