एनएमबि बैंक र नेशनल बैंकिङ इन्स्टिच्यूट (एनबिआई)बीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीलाई एनबिआइ मोबाइल एपबारे जानकारी गराइ आ –आफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ विस्तार गर्न प्रेरित गर्ने छ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र एनबिआइका प्रमुख कार्यकारी अधिकृत सन्जीव सुब्बाले हस्ताक्षर गरे।एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाईल एपको संरचना र सुविधाबारे बैंकका कर्मचारीलाई विस्तृत जानकारी गराईने बैंकको भनाइ छ।
साथै बैंकले एनबिआई एप मार्फत महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवार, शिक्षक तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरता बारे जानकारी गराउने बैंकको भनाइ छ।
बैंकका अनुसार आवश्यक भएमा एनबिआईले वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमका लागि बैंकलाई विशेष छुटका साथ आवश्यक सामाग्रीहरुको व्यवस्थापन गर्ने छ।