एनआईसी एशिया बैंकले बुटवल वडा नं १३ को बेलबासमा नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकका प्रमुख मानव संसाधन तथा विकास अधिकृत कपिल ढकालले उक्त शाखाको उद्घाटन गरे ।
सो अवसरमा ढकालले दुर्गम तथा ग्रामीण भेगमा समेत बैंकले उपस्थिति बलियो बनाउँदै लगेको बताए। शाखा विस्तारसँगै वित्तीय सवलीकरण अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने उनले बताए।
बैंकका मुलुकभर २८१ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन्।
करिब १४ लाख ५० हजार ग्राहक रहेको बैंकका प्रमुख वित्तीय परिसुचकहरु उत्साहप्रद रहेका छन्। बैंकले हरेक सम्भावित बजार क्षेत्रमा ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ।