स्पर्श लघुवित्तको प्राथमिक सेयर बाँडफाँड गरिएको छ। आइतबार एक कार्यक्रमका बीच बिक्री प्रवन्धक सानिमा क्यापिटलले सेयर बाँडफाँड गरेको हो।
आवेदन दिएकामध्ये २५ हजार २ सय जनालाई १० कित्ताका दरले सेयर बाँडफाँड गरिएको छ। कुल २ लाख ६९ हजार ६३० कित्ता सेयरमध्ये म्युचुअल फण्ड तथा कर्मचारीहरुलाई छुट्याएर २ लाख ५२ हजार कित्ता सर्वसाधारणका लागि बाँडफाँड गरिएको हो।
कुल २ लाख ९८ हजार आवेदकले ८१ लख ३८ हजार कित्ताका लागि आवेदन दिएका थिए।