ग्लोबल आइएमई बैंक र नेपाल लाइफ इन्स्योेरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका सवै शाखा मार्फत नेपाल लाइफका जीवन बीमा योजना खरिदका साथै जीवन बीमा सम्बन्धी सम्पूर्ण सेवाहरु छिटो, छरितो माध्यमबाट प्राप्त गर्न सकिनेछ।
सम्झौतापत्रमा बैंकका सहायक महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र इन्स्योरेन्सका नायव प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले हस्ताक्षर गरे।
बैंकका देसभरि १३४ शाखा, १५ राजश्व संकलन काउण्टर, १४२ एटिएम र ९ वटा एक्सटेन्सन काउण्टर छन्।