कुमारी बैंकले ‘नयाँ समाज नेपाल’ नामक परोपकारी संस्थालाई वित्तिय सहयोग प्रदान गरेको छ।
उक्त संस्थाको हेरचाहमा रहेका सबै बालबालिकालाई बैंकले लुगाकपडा तथा खाद्यान्न सामग्री उपलब्ध गराएको बैंकको भनाइ छ।
उक्त संस्था न्यून आयश्रोत तथा एकल अभिभावक परिवारका बालबालिकाको आधारभूत आवश्यकता परिपूर्तिका लागी कार्यरत रहेको बैंकले जनाएको छ।
बैंकको कर्मचारी युनियनको पहलमा सहयोग कार्यक्रम भएको थियो। कार्यक्रममा बैंकका चिफ् डिपोजिट मार्र्केिटङ राजेश श्रेष्ठ र युनियनका अध्यक्ष शिव पाठकले नयाँ समाज नेपालका अध्यक्ष कृष्णराज गुरुङलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन। बैंकका ८७ शाखा, ८३ एटिम र २ एक्सटेन काउन्टर छन्।