ग्लोबल आइएमई बैंकले सार्वजनिक सवारी साधनका चालक र सहचालकलाई ५ सय थान पोशाक वितरण गरेको छ।
बैंकले प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा उक्त प्रदेशका चालक तथा सहचालकलाई सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ५ सय थान पोशाक वितरण गरेको हो।
प्रदेश नं. १ अन्तर्गतका १४ वटै जिल्लामा संचालन हुने सार्वजनिक सवारी साधनका चालक तथा परिचालकहरुले अनिवार्य पोशाक लगाउनुपर्नेे व्यवस्थालाई कार्यान्वयन गर्न निम्न आयस्तर भएका सवारी चालक तथा परिचालकलाई उक्त पोशाकहरु वितरण गरिएको बैंकको भनाइ छ।