प्यान लागू गर्ने सम्वन्धमा धितोपत्र बोर्ड लचिलो भएको छ।
आगामी वैशाखदेखि प्यानलाई अनिवार्य गरिएपछि लगानीकर्ताले विरोध जनाउँदै आएका थिए।
बोर्डले एक पटकमा ५ लाखभन्दा बढी कारोबार गर्नेलाई वैशाखदेखि नै प्यान अनिवार्य गर्ने निर्णय गरेको छ। एक पटकमा ५ लाखभन्दा कम कारोबार गर्नेहरुका लागि भने प्यान अनिवार्य नहुने भएको छ।
लगानीकर्ता तथा सम्वद्ध पक्षहरुसँग सहमति गरी यस्तो व्यवस्था लागू गरिएको बोर्डले जनाएको छ।