माछापुच्छ्रे बैंक र चिरायू नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्यूटबीच सम्झौता भएको छ।
सम्झौता अनुसार बैंकका ग्राहकले अस्पतालका सेवामा १५प्रतिशत सम्मको छुट पाउनेछन्।ग्राहकले उक्त छुट, बैंकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी पाउन सक्ने बैंकको भनाइ छ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोईराला र अस्पतालका सञ्चालन निर्देशक चण्डेश्वर वैद्यले हस्ताक्षर गरे।बैंकका देसभर ९३ शाखा ६२ शाखा रहित बैकिङ्ग सेवा समेत छन्।