ग्लोबल आइएमई बैंकले १०.२५ प्रतिशत सहितको ऋणपत्र निष्कासन गरेको छ।
बजारमा उपलब्ध अन्य ऋणपत्र मध्ये सवैभन्दा बढी रहेको बैंकले जनाएको छ। बैंकले यही १५ गतेदेखि खरिद गर्न सकिने गरि १५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ।
बैंकका अनुसार ५ वर्षमा परिपक्क हुने कूल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ।
सर्वसाधारण लगानीकर्ता तर्फ प्रति कित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्ता सम्म आवेदन दिन सकिने छ।
संस्थागत लगानीकर्ताहरुको लागि अधिकतम लगानी सिमा लागू नहुने बैंकले जनाएको छ।सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने छ।
ऋणपत्र उक्त अवधि भित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्नसक्ने बैंकको भनाइ छ।
अर्धवार्षिक रुपमा बैंकका जुनसुकै शाखाहरु मार्फत व्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यक परेमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनैपनि बैंकबाट कर्जा लिन सक्ने जनाइएको. छ।
ऋणपत्र फारम बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्रबोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र ती संस्थाहरुका तोकिएका शाखा कार्यालयहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।