हिमालयन बैंक कावासोती शाखाले सवारी दुर्घटनामा निधन भएका बैंकका खातावालाको परिवारलाई ‘दुर्घटना मृत्यू बिमा’ रकम उपलब्ध गराएको छ।
बिमाको पाँच लाख रुपैयाँ दुर्घटनामा मृत्यू भएका रविराज खनालकी श्रीमती गीता खनाललाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।
बैंकले आफ्ना सम्पूर्ण खातावालाको पाँच लाख सम्मको निशुल्क दुर्घटना मृत्यू बिमा गरेको छ।
खनालले बैंकको यस सहयोगले आर्थिक राहत दिएको बताएकि छिन्।