सिभिल बैंकले ‘बाल विकास समाज’लाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरे।
देशको भविष्य युवा पुस्ताको हातमा रहेकाले बाल विकास समाजलाई सहयोग गरिएको बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए।बाल विकास समाजलाई बैंकले ३ वर्षदेखि सहयोग गर्दैआएको छ।