माछापुच्छ्रे बैंकले चितवन, तनहुँ, लमजुङ, बागलुङ र काठमाडौंमा गरी ५ शाखा रहित बंैकिङ्ग सेवा संचालनमा ल्याएको छ।
बैंकले चितवनको इच्छाकामना गाउँपालिका (मुग्लिङ्ग) स्थित फिस्लिङमा, तनहँुको म्याग्दी गाउँपालिका स्थित तार्पुमा, लमजुङको मध्यनेपाल नगरपालिका स्थित दुईपिप्लेमा, बागलुङको काठेखोला गाउँपालिका स्थित रेशामा र काठमाडौंको कीर्तिपुर नगरपालिका स्थित भत्केपाटीमा सेवा सञ्चालनमा ल्याएको हो।
यो सहित माछापुच्छ्रेका ६१ शाखा रहित बंैकिङ्ग सेवा सुचारु भईसकेको बंैकले जनाएको छ । बैंकका अनुसार ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भूतmानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको दाबी गरेको छ।
साथै बैंकले चिपमा आधारित डेबिट कार्ड तुरुन्त उपलब्ध गराएको छ। बैंकका देशभरि ९३ शाखा लगायत ६१ शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा छन्।