नेपाल लाइफ इन्स्योरेन्सले बीमा शुल्क ३ अर्बले बढाएको छ।
कम्पनीले यस आर्थिक वर्षको पहिलो ६ महिनामा १० अर्ब ४७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ। गत वर्षको यस अवधिमा ७ अर्ब १४ करोड संकलन भएको थियो। कम्पनीको हालसम्म बीमा शुल्क आर्जन ७९ अर्ब १५ करोड पुगेको छ।
खुद बीमा शुल्क बढेसँगै कम्पनीको कुल आय १५ अर्ब १२ करोड पुगेको छ। गत वर्षको समीक्षा अवधिमा १० अर्ब ६३ करोड थियो। कम्पनीले यस आवको पुस मसान्तसम्म ५ अर्ब २० करोड दावी भुक्तानी गरेको छ। ४ अर्ब ३९ करोड चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोषमा ३ अर्ब ७३ करोड छ।
यस अवधिसम्म कम्पनीको खुद नाफा २८ करोड ५ लाख छ। गत वर्ष सोही अवधिमा २७ करोड ९६ लाख थियो। यद्यपी यसमा कम्पनीको बीमाङ्कीय मूल्याङ्कनपश्चात प्राप्त हुने मुनाफा गणना नगरिएको छैन।
कम्पनीको घोषित मुनाफा (बोनस)को दर प्रतिहजार ६२ देखि ८२ रुपैयाँसम्म छ। प्रतिसेयर आम्दानी १२ रुपैयाँ ७६ पैसा रहेको कम्पनीको नेटवर्थ पर सेयर १९३ रुपैयाँ छ।