प्रभु बैंकले डडेलधुराको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा नयाँ शाखा खोलेको छ।
नवदुर्गा गाउँपालिका अध्यक्ष कबिन्द्र बिष्टले शाखा उद्घाटन गरे।अध्यक्ष बिष्टले शाखाबाट यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा सर्वसाधारणले सहज रुपमा गुणस्तरीय बैंकिङ्ग सेवा पाउने बताए।