स्टक बजारको परिसूचक नेप्से आइतबार १२ अंकले झरेको छ। ११२७ अंकमा अडिएको नेप्से परिसूचक एक सातामा २६ अंकले घटेको छ। यस दिन १६० कम्पनीको २३ करोड ५१ लाख रुपैयाँ बराबरको कारोबार भयो। बजारको पुँजीकरण १३ खर्ब ७७ अर्बमा झरेको छ।
आइतबार होटलबाहेकका सबै समूह ओर्लिएका छन्। होटल ११ अंकले बढ्यो। बैंकिङ ६, विकास बंक १४, जलविद्युत २६, फाइनान्स ५, निर्जीवन बीमा समूह ११०, उत्पादन ५, अन्य ५, माइक्रोफाइनान्स १५ र जीवन बीमा समूह १६० अंकले घटेका छन्।
१ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएका आधारमा माछापुच्छ्रे बैंक अग्रस्थानमा रह्यो। दोस्रोमा रहेको माथिल्लो तामाकोसीको १ अर्ब ३९ करोडको सेयर किनबेच भयो। विजय लघुवित्त, सोल्टी होटल, भार्गव विकास बैंक, कालिका लघुवित्त र रैराङ हाइड्रोका लगानीकर्ताले १ प्रतिशत बढी नाफा कमाए। श्री इन्भेष्टमेन्ट फायनान्सका लगानीकर्ताले ५. ८ प्रतिशत गुमाए।