चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सेञ्चुरी बैंकले ५१ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
गत वर्ष यस अवधिमा बैंकले ३६ करोड ६३ लाख रुपैयाँ कमाएको थियो।८ अर्व चुक्ता पुँजी रहेको बैंकले यस अवधिसम्म ६४ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।
गत वर्षको पुुस मसान्त सम्ममा ०.९९ प्रतिशत रहेको बैंकको निश्क्रिय कर्जा यस वर्ष ०.८४ प्रतिशतमा झरेको छ। बैंकको आधार ब्याजदर ११.५० प्रतिशत छ। गत वर्षको तुलनामा बैंकको प्रतिशेयर आम्दानी ३ रुपैयाँ बढेको छ।
गतवर्ष प्रतिशेयर आम्दानी ९.५५ रुपैयाँ रहेकोमा अहिले १२. ८९ रुपैयाँ पुगेको छ।