सिभिल बैंकले एशीयन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार एशीयन लाइफका वीमा सेवा बैंकका सबै शाखा मार्पmत उपलब्ध गराइने छ। बैंकले यस अघि पनि जीवन वीमा कम्पनी तथा निर्जीवन वीमा कम्पनीसंग सम्झौता गरी जीवन वीमा तथा निर्जीवन वीमा सेवा उपलब्ध गराउँदै आइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।