सिटिजन्स बैंक र एक्सिस बैंक, भारतबीच रेमिट्यान्स सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार भारतको एक्सिस बैंकबाट नेपालमा पैसा पठाउँदा सिटिजन्स बैंक नेपालका सबै शाखाबाट झिक्न सकिने छ।बैंकले आगामी दिनमा अन्य मुलुकका रेमिट्यान्स कम्पनीसंग सम्झौता गर्ने जनाएको छ।
बैंकका देसभर ८१ शाखा, ७५ एटिएम र ९९ शाखा रहित बैंकिङ्ग एकाई छन्।