ग्लोबल आइएमई बैंक र एमआर डाएगोनस्टिक एण्ड हेल्थकेयर सेन्टर बिराटनगरबीच विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदानसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौतापत्रमा सेन्टरका सञ्चालन निर्देशक डा. सतेन्द्र राउत र बैंकका शाखा प्रबन्धक शशि शेखर शर्माले हस्ताक्षर गरे। सम्झौता अनुसार सो सेन्टरमा उपचार गराउँदा बैंकका कार्डधनीले १५ प्रतिशतसम्म छुट पाउने छन्।
बैंकले हेल्थकेयरसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ। बैंकले ग्राहकलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता योजनाहरु ल्याईरहेको छ।
बैंकका देशभर १३३ शाखा, १४२ एटिएम, ७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय संचालनमा छन्। ग्राहक संख्या साढे ९ लाख पुगेको बैंकले जनाएको छ।