माछापुच्छ्रे बैंकले तीन नयाँ शाखा संचालनमा ल्याएको छ। बैंकले काठमाडौं स्थित कुलेश्वर शाखा कार्यालयको औपचारिक शुरुवात गरेको छ। सो शाखाको बैंकका अध्यक्ष तथा पूर्व सभासद डा. बिरेन्द्र प्रसाद महतोले उद्घाटन गरे।
त्यस्तै तनहुँस्थित भिमाद र कन्चनपुरस्थित आईबिआरडी एक्सटेन्सन काउण्टरलाई शाखामा स्तरोन्नति गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।
नयाँ शाखाहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ। बैंकका अनुसार कुलेश्वर शाखामा २४ सै घण्टा चल्ने एटीएमको व्यवस्था गरिएको छ।
यीसहित काठमाडौं उपत्यकाभित्र बैंकका शाखा सङ्ख्या १९ पुगेको छ। बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना ९३ वटा शाखाहरु र ५२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा १४५ स्थानबाट सेवा प्रदान गर्दै आएको छ। बंैकको देशभर ११२ वटा एटीएमहरु संचालनमा रहेको छ।