लक्ष्मी बैंक र नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर बीच दुई पक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
नेपाल एग्रिबिजिनेश इन्नोभेसन सेन्टर नेपालको कृषिसँग सम्बन्धित संस्था हो। यसले कृषि व्यवसायको लागि सल्लाह, परामर्श सम्बन्धी सेवा प्रदान गर्दै आएको छ।
सम्झौताअनुसार अब बैंकिङ च्यानल मार्फत एग्रि–स्टार्ट अपहरु तथा एग्रि–एसएमइहरुका लागि वित्तीय सहयोग प्रदान गरिने छ। दुबै कम्पनबीच सूचना तथा अनुभवको आदानप्रदान, नेटवर्कमा पहुँच, संयुक्त रुपमा परियोयनाको विकासका लागि सहकार्य हुने छ।
बैंकका देशभर ८४ शाखाहरु, ३ हस्पिटल काउन्टर, १०१ एटिएम तथा २५०० भन्दा बढी रेमिट्यान्स, ५१ शाखा सहित बैंकिङ, ४०० भन्दा बढी मोबाइल एजेन्ट रहेका छन्।