ग्लोबल आईएमई बैंक र कतार स्थित दोहा बैंकबीच रेमिट्यान्स कारोबार सम्बन्धि सम्झौता भएको छ ।
सम्झौता अनुसार कतारमा रहेका सम्पूर्ण नेपालीले कतारको दोहा बैंकका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत सजिलै नेपाल पैसा पठाउन सक्नेछन। साथै रेमिट्यान्स आइएमईका बैंकसम्पूर्ण शाखाहरु तथा आईएमई र जिएमइका ९ हजार भन्दा बढी एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सकिनेछ।
उक्त सम्भौतापत्रमा दोहा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. आर सीथारमनू र ग्लोबल आईएमईका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्यालले हस्ताक्षर गरे।दोहा बैंकका कतारभर २७ शाखा कार्यालय लगायत बिभिन्न १४ भन्दा बढि मुलुकमा शाखा संजाल तथा प्रतिनिधि कार्यालय छन।