एनआइसी एशिया बैंकले आफ्ना सेयर धनीलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर बितरण गर्ने निर्णय गरेको छ। उक्त निर्णय बैंकको आज भएको २१ औँ साधारण सभाको बैठकले पारित गरेको हो।
साथै बोनस शेयरमा लाग्ने करका लागि बैंकले ०.५२६ प्रतिशत रकम छुट्याएको छ। साथै साधारण सभाले बैंकको सहायक कम्पनी एनआईसी एशिया लघुवित्त वित्तीय संस्था र एनआईसी एशिया क्यापिटल सहितको आ.व. २०७४,७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
सभाले चालु आव २०७५,७६ को लागि टिआर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको बैंकले जनाएको छ।बैंकका २७० शाखा कार्यालय, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई छन।