सिभिल बैंकले जीवन वीमा विस्तार गर्न ज्योती लाईफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ।
सम्झौता अनुसार इन्स्योरेन्सका जीवन वीमा बैंकका देशभरका शाखाबाट गर्नसकिने छ।सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत प्रकाश खत्रीले हस्ताक्षर गरे।
चालु आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) अठार करोड पचास लाख रुपैयाँ (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी ) कमाउन सफल बैंकका कुल शाखा संख्या ७१ रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।